रक्षा मन्त्री राईलाई ‘छिरिङरोड’ खुलाउन माग गर्दै ज्ञापन पत्र

शेयर गर्नुहोस्

सोलुखुम्बु– सल्लेरीका स्थानियले बाटो खुलाउन माग गर्दै रक्षा मन्त्री मानवीर राईलाई ज्ञापन पत्र बझाएका छन् । गृह जिल्ला आउनुभएका मन्त्रीलाई सोलुदुधकुण्ड नगरपालिका ५ का स्थानियले तीनकुने आर्मी व्यारेकहुँदै शिवमन्दिर टोल, जिल्ला कारागार, थातिङ क्षेत्र जाने छिरिड रोड खुलाउन पहल कदमीको माग गर्दै शुक्रबार मात्र पत्र बझाएका हुन् ।

माग पत्रमा वि.सं. २०५८ साल भन्दा अगाडी सल्लेरी माथिल्लो टोलको सेगाखाप, जिरोपोइन्ट भएको छिरिड रोडको प्रयोग गरिरहेको स्थानीयवासी, सरकारी कार्यालय, गैर सरकारी कार्यालय, क्याम्पस, विद्यालय, गुम्बा, जिमी (राई) उत्थान समाज कार्यालय, विद्युत कार्यालय, कारागार, वन कार्यालय साथै सो सडक हुंदै थातिड गाउँ, मिन्दोपाके, च्याल्सा, थल्लेरी, आहाले, माप्य दुधकोशी गा.पा.को काँकु, वाप्सा तामाखानी लगायतका गाउँहरु जाने मुख्य बाटो नेपाल सरकारको नेपाली सेनाले अतिक्रमण गरी हालसम्म पटक–पटक ताकेता गर्दा समेत उक्त बाटो खुल्ला नगरिएको र बैकल्पिक बाटोको व्यवस्था समेत नगरेको व्यहोरा अवगत गराउँछौं।

उक्त वाटो अतिक्रमणका कारण यस क्षेत्रका करिव १५,००० जनताहरु प्रत्यक्ष मारमा परेका छन्। गाउंदेखि यस क्षेत्रमा आएर खरिद गरिएका घडेरीहरु समेत काम नलाग्ने अवस्थामा पुगेका छन्। सामान ढुवानी, निर्माण, खानेपानी लगायतका क्षेत्रमा प्रत्यक्ष असर पुगेको छ। प्राकृतिक विपत परेको खण्डमा तत्काल उद्धारका लागि यातायात जाने अवस्था नरहको सर्वविदितै छ। अतः तत्कालिन सेर्गाखोप देखि शिव मन्दिर सम्मको अतिक्रमित रहेको वाटो नेपाल सरकारले नक्सा कायम गरेको उक्त वाटो यथासिध खोल्नका लागि अनुरोध गर्दछौं।

यदी सेर्गाखोप देखि सम्भव नभएमा बैकल्पिक रुपमा आवाडाँडा देखि शिव मन्दिर सम्म वाटो खुल्ला गरिदिनुहुन स्थानीय सोलुदुधकुण्ड नगरपालिकाको कार्यालयले गरेको निर्णय प्रतिलिपि, पटक–पटक बसेको स्थानीय सरोकारवालाहरुको आम भेलाको निर्णय प्रतिलिपि समेत यसै निवेदन साथ संलग्न गरी पेश गर्दछौं भनेर उल्लेख गरिएको छ । पत्रलाई शिवमन्दिर टोलका प्रमुख नव बहादुर भुजेलले बाचन गरेर मन्त्री राईलाई बझाउनुभएको थियो ।

मन्त्री राईले ज्ञापन पत्र बुझ्दै स्थानियको माग जायज रहेको बताउनुभयो । साथै उहाँले यसको पहल कदमीको लागि गम्भिरताका साथ लाग्ने प्रतिबद्धता गर्नुभयो । बाटो नहँुदा यस क्षेत्रका नागरिकले निकै सास्ती भोग्न बाध्य रहेका छन् ।

ज्ञापन पत्रः


शेयर गर्नुहोस्

अन्य खबरहरु