४६०० मिटर उचाइमा रेडक्रस र नेपाल लाइफ इन्स्योरेन्सको स्वास्थ्य शिविर सम्पन्न

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजना तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लि.को सहयोगमा सोलुखुम्बु जिल्लाको प्रमुख धार्मिकस्थल सोलुदुधकुण्ड नगरपालिका वडा नं १ मा अवस्थित ४६०० मिटर उचाइमा रहेको दुधकुण्डमा तिर्थयात्रामा आउने तिर्थयात्रीहरुको उचाइका कारण लाग्ने स्वास्थ्य समस्यालाई मध्यनजर राखि २०८१ भाद्र १–३ मा संचालन गरेको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त स्वास्थ्य शिविर दुधकुण्ड जादाबखतको कामुडाडाँ, बाटोका विभिन्न स्थान हुदै दुधकुण्डमा समेत संचालन गरिएको थियो । उचाइका कारण टाउको दुख्ने, बान्ता हुने, रक्तचापमा वृद्धि, झाडापखाला, रिगटा लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका तिर्थयात्रीहरुलाई रेडक्रस स्वयंसेवक सँगै रहेका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच तथा निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

रेडक्रसले संचालन गरेका स्वास्थ्यशिविर अन्र्तगत कामुडाडा तथा बाटोमा गरि १३५ जनालाई औषधि वितरण, १४३ जनाको स्वास्थ्य परीक्षण (अक्सिजन लेभल, प्रेसर) गरिएको थियो । दुधकुण्डमा भने ५६७ जनालाई औषधि वितरण तथा स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त कार्यक्रम संचालन गर्नका लागि १० जना स्वयंसेवक परिचालन गरिएको थियो ।

कार्यक्रम संचालनका लागि आवश्यक औषधि तथा स्वयंसेवकहरुको खाना तथा आवास व्यवस्थापन तथा सामग्रीहरु व्यवस्थापन नेपाल लाइफ इन्स्यनोरेन्स कम्पनि लि.ले सहयोग उपलब्ध गराएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु