सोलु तिङ्ला वडाको सेवा काठ्माडौंमा

शेयर गर्नुहोस्

काठमाडौँ– सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ नम्बर वडा कार्यालयले काठमाडौँमा बस्ने आफ्ना नागरिकका लागि काठमाडौँबाटै सेवा प्रवाह थालेको छ । काठमाडौँको कोटेश्वर नजिकैबाट वडाबासीलाई लक्षित गर्दै तीन दिने शिविर राखिएको छ ।

विभिन्न पेषा व्यवसाय र अध्ययनका शिलशिलामा काठमाडौँमा रहेका आफ्ना नागरिकहरुका लागि सहजताका लागि काठमाडौँमै सुविधा दिने हेतुले शिविर आयोजना गरिएको हो । उक्त शिविरको मेयर नाम्गेल जाङबु शेर्पाले उद्घाटन गनुभएको छ ।

शिविरमा वडाबाट प्रवाह हुने सबै सेवा प्रदान गरिने अध्यक्ष टंकबहादुर कार्कीले जानकारी दिए । खराव मौसमका कारण बाढि पहिरोको जोखिममा काठमाडौँदेखि नागरिकलाई सानो कामका लागि टाढाको दुरीमा रहेको गाउँमै जानुपर्ने बाध्यतालाई रोक्न शिविर संचालन गरिएको मेयर शेर्पाले बताए ।


शेयर गर्नुहोस्

अन्य खबरहरु