नेपाली काङ्ग्रेस प्रदेश सभा ‘क’ ले काठमाडौमा अन्तरक्रिया गर्‍यो

शेयर गर्नुहोस्

सोलुखुम्बु – नेपाली काङ्ग्रेस प्रदेश सभा ‘क’ सोलुखुम्बुले आज काठमाडौमा अन्तरक्रिया गरेको छ । शनिबार सोलुखुम्बुबाट काठमाडौ आई विभिन्न पेसा व्यावसायमा रहेका प्रदेश सभा ‘क’ क्षेत्रका नेता तथा शुभेच्छुकहरुसङ्ग छलफल तथा अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा सहभागीहरुले पार्टी भित्रको समस्यालाई निर्मुल पारी एक ढिक्का बनाई अघि लानुपर्ने र गुटउपगुटको अन्त्य गर्नुमा जोड दिएका थिए । यस्तै जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टीलाई अगाडी बढाउनुका लागि सबै साथ सहयोग र सहकार्यको आवश्यक रहेको बताउन भयो । शेर्पाले पार्टी आगामी कार्ययोजना बनाएर वडा टोलसम्म बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि काङ्ग्रेस केन्द्रिय सदस्य एवं पूर्व मन्त्री बल बहादुर केसिले हिजोको गल्तीलाई सच्चाएर पार्टीलाई नयाँ शिराबाट अघिबढाउनु पर्ने बताउनु भयो । ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर सबैलाई समेटेर लैजामु पर्नेमा जोड दिनु भयो । यस्तै केसिले सम्पूर्ण शुभेच्छुक सस्था र भातृ सस्थाहरुलाई चलायमान बनाउनु पर्ने बताउनु भयो ।
पार्टी र भातृ सस्थाहरुको जिम्मेवारी दिदा ब्यक्तिको क्षमताको ख्याल गर्नु आग्रह गर्नु भयो ।

कार्यक्रमका सभाध्यक्ष, सोलुखुम्बु प्रदेश सभा ‘ क ‘ का सभापति तथा नेचासल्यान गाउँपालिका प्रमुख धनजन राईले पार्टी संगठन कमजोर हुँदै गएको र यसलाई सुदृढ गरि चलायमान बनाउनु पर्ने आवश्यक रहेको बताउनु भयो । राईले पार्टी पार्टि नेतृत्वमा रहेका नेता कार्यकर्ताहरु काठमाडौ केन्द्रित नभई गाउँ केन्द्रित हुन आग्रह गर्नु भयो ।

कार्यक्रममा केन्द्रिय सदस्य बल बहादुर केसि, पार्टी जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा, महाधिवेशन प्रतिनिधि प्रकाश सिङ कार्की, सोताङ गाउँपालिका प्रमुख खिलाराज कार्की, महाधिवेशन प्रतिनिधि जीवन गुरुङ, पुजा फुयाल, गिता गुरुङ, प्रदेश सभाका कार्यसमितिका पदाधिकारी, लगाएत विभिन्न भातृ संघ, संगठनका प्रतिनिधि, पार्टी नेता कार्यकर्ताको उपस्थिति रहेक थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु