बी.पि.चिन्तन प्रतिष्ठानको सोलुखुम्बु शाखा गठन

शेयर गर्नुहोस्

सोलुखुम्बु– बी.पि.चिन्तन प्रतिष्ठन सोलुखुम्बु शाखा गठन गरिएको छ । नेपाली काँग्रेसका संस्थापक वि. पि. काईरालाको विचारहरु जनस्तरमा पुऱ्याई देशलाई सवल तथा समृद्ध समाजको रुपमा रुपान्तरण गराउने उदेश्यका साथ स्थापन गरिएको प्रतिष्ठा सोलुखुम्बु शाखाको अध्यक्षको जिम्मेवारी कैलाश केसी प्राप्त गरेका छन् ।

यस्तै, नव गठित समितिको सहअध्यक्ष मा कल्याणकुमार गुरुड, उपाध्यक्ष विद्याराज कुलुङ, सचिव, महाप्रसाद फुयाल, सहसचिव कृष्ण राई र फुरिञ्जी शेर्पा, कोषाध्यक्ष योगिता नाछिरिड राई चयन गरिएको छ ।

यस्तै,सदस्यहरुमा गंगा बहादुर राई, राजनकुमार बन, बलकुबिर नाछिरिड, सुवास राई, केशव राई, कुमार बहादुर खड्का, सुनिल थुलुड, के.बी.घिमिरे, युवराज बस्नेत, जिमि साङ्गे शेर्पा, दोर्ण बास्तोला, फिरोज राई, इन्द्र बस्नेत, धिरज बस्नेत, अनु राई, मिडमार राई, अमृत थुलुङ, शोभा नेपाली, किरण बस्नेत, गेलु पाख्रिन, निमा तेन्जिड शेर्पा, र लीला बस्नेत रहेका छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु