विद्युत प्राधिकरणलाई तिङ्ला बासीको ज्ञापन पत्र, छुट्टै फिडरको व्यवस्था गर्न माग

शेयर गर्नुहोस्

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा छुट्टै फिडरको व्यवस्था गरेर लाइन वितरण गर्नु माग गरिएको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरण सल्लेरी वितरण केन्द्रलाई ज्ञापन पत्र बुझाउदै तिङ्ला स्थित तीन राजनैतिक दलका प्रमुखहरु सहितको टोलिले ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन ।

कार्यालय प्रमुखका तर्फबाट जिवत्स शर्मालाई ज्ञापन पत्र बुझाउँदै नेपाली कांग्रेसका वडा सभापति बालकुमार कार्की, नेकपा एमालेका अध्यक्ष कुमार कार्की र माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष ललित कुमार कार्की सहितको टोलीले कार्यालयमै पुगेर ज्ञापन पत्र बुझाउँदै १ महिना भित्र माग सम्बोधन गर्न अल्टिमेटम समेत दिउका छन् ।

उहाँहरूले जिल्लामा जहाँसुकै विद्युत उत्पादन भएपनि तिङ्लामा जोडिने तर तिङलालीले त्यसको कुनै लाभ नपाएको भन्दै विभिन्न समयमा माग राख्दै आएको र अव पनि पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन । प्रभावित स्थल भएर पनि प्राधिकरणले वास्ता नगर्दा नागरिक मर्कामा परेको सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य निरकुमार नेपालीले बताउनुभयो । माग सुनेपछि ज्ञापन पत्र बुझ्दै कार्यालयका तर्फबाट शर्माले यथासम्भव माग सम्बोधन गरिने बताउनुभएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु