सोलुखुम्बुमा पहिलो पटक वडा अध्यक्ष रनिङ शिल्ड भलिबल हुँदै

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माले पहिलो पटक वडा अध्यक्ष रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता गर्ने भएको हो ।

वडा कार्यालयमा आज सोमबार पत्रकार सम्मेलन गरि आगामी असोज ३ गतेदेखि ५ गतेसम्म प्रतियोगिताको आयोजना गर्नलागेको वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

जिल्लाको इतिहासमै पहिलो पटक हुन लागेको रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः १ लाख १ हजार १००, ७५ हजार १०० र ५० हजार १०० को साथमा ट्रफी, मेडलको साथमा प्रमाण–पत्र प्रदान गरिने जनाईएको छ ।

यस्तै, प्रतियोगितामा सान्त्वना हुने टिमले नगद २५ हजार १०० र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेल एफआईभीबीको नियम अनुसार खेलाईने वडा अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

Notice.


शेयर गर्नुहोस्

अन्य खबरहरु