Voice of Kids मा सोलुका ४ मध्य २ प्रतिभा व्याटलमा

शेयर गर्नुहोस्

सोलुखुम्बु– चर्चित रियालिटी सो Voice of Kids Season 3 मा सोलुखुम्बुबाट ४ जना प्रतिभा मध्य २ जना अर्को (व्याटल) राउण्डमा प्रवेश गर्न सफल भएका छन् ।

डिजिटल राउण्ड पार गरेका सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका १ नुनथालाका नुनिङ तामाङ, थुलुङ दुधकोशी गाउँपालिका १ नेलेबाट अनुजा बस्नेत, नेचासल्यान गाउँपालिकाका एन्जल कट्टेल र सोतमाङ गाउँपालिकाबाट गणेश विश्वकर्माले डिजिटल राउण्ड पार गर्न सफल भएको थिए ।

व्लाईन्ड अडिसनबाट ४ जना मध्य नुनिङ तामाङ र गणेश विश्वकर्मा भने अर्को राउण्ड (व्याटल) का लागि छनौट भएका छन् । हिमाली जिल्ला सोलुखुम्बुबाट यस सिजनका पहिलो पल्ट सर्वाधिक ४ जनाले पहिलो राउण्ड पार गरेका थिए ।

यस्तै, भरखरै सम्पन्न Voice of Nepal Season 5 मा सोलुखुम्बकै थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका कुमार प्रयास फाइनल सम्म पुगि तेश्रो हुन सफल भएका थिए ।


शेयर गर्नुहोस्

अन्य खबरहरु