गजेन्द्र राईको अध्यक्षतामा किरात खालिङ कतार शाखा गठन

शेयर गर्नुहोस्

काठमाडौ– खोटाङका गजेन्द्र खालिङको अध्यक्षतामा किरात खालिङ राई उत्थान संघ कतार शाखा गठन गरिएको छ ।कतरमा बसोबास गर्दै आएका खालिङहरुको (आज) शनिवार सम्पन अनलाइन भेलाले गजेन्द्र खालिङको नेतृत्वमा १७ सदस्यीय खालिङ संघको तदर्थ समिति गठन गरिएको हो ।

संघको प्रथम उपाध्यक्षमा दिपक खालिङ (तेह्रथुम), द्वितीय उपाध्यक्षमा सुबास खालिङ (उदयपुर), सचिबमा सर्वधन खालिङ (सोलुखुम्बु), सह–सचिबमा उत्रशेर खालिङ (उदयपुर), कोषाध्यक्षमा माया खालिङ (सङ्खुवासभा), सह–कोषाध्यक्षमा सृष्टि खालिङ (भोजपुर), सदस्यमा क्रमश मिलन खालिङ (सोलुखुम्बु), शङ्कर खालिङ (उदयपुर), जीवन खालिङ (इलाम), लक्षमन खालिङ, रवि खालिङ, नेप्सुङ खालिङ, निर्जला खालिङ, बिष्णु खालिङ, अनोन खालिङ चयन भएका छन ।

त्यस्तै गरि संघको संरक्षकमा खड्का खालिङ, याम खालिङ, जतन खालिङ, छत्र खालिङ लाई चयन गरिएको तदर्थ समितिका अध्यक्ष खालिङले बताए ।


शेयर गर्नुहोस्

अन्य खबरहरु