४ महिनापछि मैदानमा फर्किदै प्रीति राई

शेयर गर्नुहोस्

काठ्माडौँ– नेपाली राष्ट्रिय महिला टोलीकी मिड प्रीति राई ४ महिनापछि मैदानमा फर्किदै छिन् । गत मार्च १ मा वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँगको खेलमा चोट लागेका राई मैदानमा फर्किने भएकी हुन् ।

खेलको क्रममा खुट्टामा गहिरो चोट लागेपछि राई विगत ४ महिनादेखि उपचारत थिईन् । आगामी जुलाई ८ बाट लेबनानमा हुने सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले नेपालको राईसहित २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।

राई टिमको एक कुशल, निडर र अल्राउन्डर खेलाडी हुन् । यस्तै, एसियाली खेलकुदमा घाइते भएकी सरु लिम्बु र रेनुका नगरकोटे पनि टोलीमा फर्केका छन् ।

नेपालले जुलाई १० मा जोर्डनसँग, जुलाई १३ मा बङ्लादेश र जुलाई १६ गते लेब्नान्सँग खेल खेल्ने छ । टोलीकै कान्छी खेलाडीको रुपमा रहेकी राई मैदान फर्किने भएपछि नेपाली महिला टिम अब्बल देखिएको छ । साथै महिला फुटबलका फ्यानहरुमा नेपालले यो खेल जित्ने उत्साह जागेको छ ।
नामावली :


शेयर गर्नुहोस्

अन्य खबरहरु