तिङ्लाको पहलमान भीरमा बोलेरो दुर्घटना

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ सिस्नेरी स्थित पहलमान भीरमा बोलेरो जीप दुर्घटनामा परेको छ

माप्यदुधकोशीमा निर्माणाधिन गरेको बेलिबृजको सामाग्री लिएर आउदै गरेको ना ५ च १९९७ नमबरको जीप आज शनिबार अन्दाजी साँझ ५ः४५ बजे भीरबाट खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कृष्ण कट्वालले जानकारी दिनुभयो ।

प्रमुख कटवालका अनुसार ओरालोमा ब्रेक फेल भएको उक्त बोलेरो सडकबाट करिब १०० मिटर तल खसेर क्षतिग्रस्त बनेको छ ।

बोलेरोमा चलाकसहित ३ जना यात्रु सवार रहेका थिए । तीनै जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा चालक
चितवन भरतपुरका २९ वर्षीय श्याम तामाङ, नुवाकोट कलैयाका ३४ वर्षका सन्चराम तामाङ र बाराका २३ वर्षीय हिरालाल चौधरी सवार रहेको बताइएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु