गाउँपालिकाले नबुझ्दै पूल बाङ्गियो

शेयर गर्नुहोस्

सोलुखुम्बु– महाकुलुङ गाउँपालिकामा सवा २ करोडमा निर्माण गरिएको पूल पालिकाले नबुझ्दै बाङ्गिएको छ ।

गाउँपालिकाको वडा नम्बर १ बुङ्ग र ४ र ५ नम्बर वडाको सिमामा रहेको हुँगा खोला माथि बनाईएको पुल लोड टेस्टिङ गर्ने क्रममा बाङ्गिएको हो ।

शुक्रबार भारबहन क्षमता परिक्षण गर्ने क्रममा पुलको माथिल्लो भागको बार बाङ्गिएको हो । पुल बाङ्गिएपछि गाउँपालिका अध्यक्ष सूर्य कुलुङले यथाशीघ्र मर्मतका लागी निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।

माछापुच्छ्रे निर्माण सेवाले गाउँपालिकाको सहित २ करोड ३० लाखमा निर्माणको जिम्मा लिइ बनाएको ट्रष्टब्रिज बाङ्गिएपछि महाकुलुङ गाउँपालिकाको ध्यानकर्सण भएको अध्यक्ष राईले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु