ओखलढुङ्गामा स्कुटरको ठक्करबाट महिला घाईते

शेयर गर्नुहोस्

ओखलढुङ्गा– स्कुटरले ठक्कर दिँदा ओखलढुङ्गामा एक महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ११ बस्ने ४६ बर्षिया कृष्ण कुमारी विश्वकर्मा रहेकी छन् ।

शोमबार साँझ पौने ६ बजेतिर सिद्विचरण नगरपालिका ११ मिलनचोकबाट केत्तुके तर्फ जादै गरेको बा ९६ प १४६४ नम्वरको स्कुटरले पैदल यात्री विश्वकर्मालाई मिलनचोकमा ठक्कर दिंदा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।

घाइते विश्वकर्मालाई तत्काल उद्दार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा पठाइएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

महिलालाई ठक्कर दिने स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु