सोलुखुम्बु अटो प्रा.लि.द्धारा सचेतनामुलक र्‍याली

शेयर गर्नुहोस्


सोलुखुम्बु– जिल्लामा संचालनरत अटोहरुको संस्था सोलुखुम्बु अटो प्रा.लि. ले सल्लेरी क्षेत्रमा सचेतनामुलक र्‍याली गरेको छ । आईतबार प्रा.लि.ले “नेपाली युवा विदेशिन्छन् खोज्दै खोज्दै रोजगार, किन जानु विदेश आफै बनौ स्वरोजगार” भन्ने मुल नाराका साथ सल्लेरी देखी फाप्लु हुँदै, नयाँ बजार जेरोपाइन्ट सम्म र्‍याली निकालेको हो ।

जिल्लामा पछिल्लो समय अटोको संख्यामा बृद्धि हुँदै गइरहेको र कम्पनीमा दर्ता नभई आफुखुसी संचालन गरिरहेको पाइएकाले सम्पूर्णलाई संस्थामा आबद्ध गराउने द्येयले ¥याली गरिएको प्रा.लि.का अध्यक्ष मौजम थुलुङले बताउनुभयो । अध्यक्ष थुलुङले आफुखुसी अटो संचालन गर्दा विभिन्न समस्या निम्तीरहेको बताउनुभयो ।

उहाँले सम्पुर्ण जिल्लामा अटो संचालकहरुलाई गोलबद्ध हुन आग्रह गर्नुभयो । आफुखुसी अवैधानिक रुपले संचालन गरिएका अटो दुर्घटना तथा अन्य समस्या परेमा प्रा.लि जिम्मेवार नहुने पनि बताउनुभयो ।

जिल्लामा हाल करिब ५५ वटा अटो संचालनमा रहेको र सोलुखुम्बु अटो प्रा.लि.मा ४० वटा मात्र अधिकारिकरुपमा दर्ता भई संचालनमा रहेका छन् ।

साथै, दुर्घटना न्यूनिकरण तथा रोक्थाम र ट्राफिक नियम पालना गर्न, गराउन सम्पुर्ण सर्वसाधारण महानुभावहरु, सरोकारवालाहरु निकायहरुलाई समेत अटो प्रा.लिले अनुरोध गरेको छ । यस्तै, आजै एक कार्यक्रमका बीच कुलबहादुर बस्नेतको संयोजकत्वमा ७ सदस्यीय अटो संचालक समिति गठन गरिएको छ । साथै, संस्थाको सांगाठानिक प्रतिवेदन र आयव्याय पनि प्रस्तुत गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु