स्वास्थ्य बीमा दर्ता सहयोगीहरुलाई पुनर्ताजगि तालिम सुरु

शेयर गर्नुहोस्

सोलुखुम्बु– स्वास्वास्थ्य बीमा दर्ता सहयोगीहरुका लािग २ दिने पूनरताजगिय तालिम बुधबारबाट सुरु भएको छ । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशको आयोजनामा फाप्लुमा जिल्लाका ७ स्थानीय तहका सबै वडामा दर्ता सहयोगीहरुलाई तालिम दिइने स्वास्थ्य बीमा बोर्ड सोलुखुम्बुका दर्ता अधिकारी प्रदिप बस्नेतले जानकारी दिनभयो ।

जिल्ला समन्वय समितीका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख उपस्थितिमा सुरुगरिएको तालिममा ७ स्थानीय तहका वडाबाट १ जनाको दरले ४७ जनाको सहभागिता रहेको बस्नेतले जानकारी दिनुभयो । तालिममा स्वास्थ्य बीमा सम्बन्धिका आधारभूत ज्ञानसीप तथा दर्ता सम्बन्धि सिकाईने जनाइएको छ ।

कोशी प्रदेश स्वास्थ्य बीमा सोलुखुम्बु जिल्ला संयोजग खेमराज अधिकारीको अध्यक्षतामा सुरु गरिएको तालिमको सहजीकरण कोशी प्रदेश स्वास्थ्य बीमा प्रदेश संयोजक अर्जुन पण्डित र प्रदेश प्रशिक्षक दिलिप पोख्रेलले गनुहुने छ । तालिम जेष्ठ १७ गतेसम्म संचालन हुने जनाईएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु