सोलुखुम्बुबाट यु–१५ ब्याडमिन्टनका लागि ४ जना खेलाडी छानिय

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघले ४ जना यु–१५ व्याडमिन्टन खेलाडीको नाम प्रदेश समितीमा सिफारिस गरेको छ । यही जेष्ठ ३० गतेदेखि गण्डकी प्रदेशको पोखरामा हुनलागेको प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिताका लागि सोलुखुम्बुबाट ४ जनालाई छनौट गरेको हो ।

खुल्ला प्रतिस्पर्धा गराई २÷२ जना छात्रा र छात्र छनौट गरेको सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । छनौट हुनेहरुमा छात्र तर्फ रोमी तामाङ र सुजन कार्की रहेका छन् । छात्रा तर्फ विनिता सुनुवार र शुभेक्षा राजभण्डरी रहेका छन् ।

यस्तै, बैकल्पिकमा विप्लव राई र रेसिका बस्नेतको नाम सार्वजनिक गरिएको छ । छनौटमा परेका खेलाडीहरुले कोशी प्रदेशमा प्रतिस्पर्धा गर्ने छन् ।

नामावलीः


शेयर गर्नुहोस्

अन्य खबरहरु