महालेखा परीक्षकको प्रतिवेदन अनुसार सोलुदुधकुण्डको बेरुजु सबै भन्दा कम, लिखुपिके अन्तिममा

शेयर गर्नुहोस्

सोलुखुम्बु– महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार सोलुखुम्बुको ८ वटा स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजू कायम गर्नेमा सोलुदुधकुण्ड नगरपालिका रहेको छ ।

यस वर्ष सोलुदुधकुण्ड नगरपालिकाको कुल बजेट १ अर्ब ५४ करोड ४१ लाख २ हजारको लेखा परीक्षण गर्दा ०.१४ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाको कुल बेरुजु रकम २१ लाख ४२ हजार अर्थात् जम्मा बजेटको ०.१४ बेरुजु रहेको छ ।

सोलुखुम्बुमा सबैभन्दा बढी बेरुजु हुने पालिका लिखुपिके गाउँपालिका ४.६८ प्रतिशत बेरुजु रहेको छ । लिखपिके गाउँपालिकाको कुल ५३ करोड ९३ लाख ५५ हजार लेखापरीक्षण भएकोमा २ करोड ५२ लाख १८ हजार बेरुजु रकम रहेको छ । लेखापरीक्षण रकमको तुलनामा ४.६८ प्रतिशत बेरुजु देखिएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको कुल १ अर्ब ८ करोड ७४ लाख १४ हजारको लेखापरीक्षण गरिकोमा ३ करोड १० लाख ६७ हजार बेरुजु रहेको छ । जम्मा बजेटको २.८६ प्रतिशत बेरुजु रहेको छ । यस्तै माप्य दुधकोशी गाउँपालिकाको कुल रकम ८२ करोड ८२ लाख २ हजार लेखापरिक्षण रकममा बेरुजु २ करोड ८९ लाख ६० हजार रहेको छ । जुन लेखापरीक्षण अङ्कको ३.५० प्रतिशत हो । थुलुङ दुधकोशीको कुल १ अर्ब ३९ करोड २८ लाख १ हजार लेखापरीक्षणमा बेरुजु १ करोड १० लाख २३ हजार रहेको छ । ०.७९ हो ।

नेचासल्यान १ अर्ब ४ करोड ५१ लाख ८९ हजारको लेखापरीक्षणमा २ करोड ३५ लाख २७ हजार अर्थात् जम्मा बजेटको २.२५ बेरुजु रहेको छ । महाकुलुङको ९४ करोड ५५ लाख २९ हजार लेखापरीक्षण गर्दा २ करोड ५४ लाख ३५ हजार बेरुजु रकम रहेको छ । यो कुल बजेटको २.६९ हो । त्यस्तै, सोताङको कुल लेखापरीक्षण रकम ८१ करोड ४१ लाख १२ हजारमा बेरुजु २ करोड २९ लाख ९८ हजार रहेको छ । लेखापरीक्षण रकमको तुलनामा २.८२ प्रतिशत बेरुजु देखिएको छ ।

सोलुखुम्बु जिल्लाभर कुल ८ अर्ब १९ करोड ६७ लाख ४ हजारको लेखापरीक्षण गरिएको थियो । जसमा १७ करोड ३ लाख ७० हजार रुपैयाँ बेरुजु रकम रहेको महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

नेपालको संविधान, ऐन, नियम, निर्देशिका, कार्यविधि, नर्म्स, सम्झौता, निर्णय, संसद तथा संसदीय समितिका निर्णय, तर्जुमा गरिएका नीति, रणनीति, कार्ययोजना, मानदण्ड, मार्गदर्शन एवं निर्देशिकाहरुको आधारमा लेखापरीक्षण गरी प्रतिबेदन जारी गर्ने गरिन्छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु