बाल गोपाल साउखलाद्धारा सोलुका खेल शिक्षक र विद्यार्थीलाई प्रशिक्षण

शेयर गर्नुहोस्

सोलुखुम्बु– राष्ट्रिय महिला यु– १९ फुटबलका प्रमुख प्रशिक्षक बाल गोपाल साउखलाले सल्लेरीमा खेलशिक्षक र विद्यार्थीहरुलाई फुटबल खेलका बारेमा प्रशिक्षण दिनुभयो ।

सल्लेरी आइपूग्नु भएका साउखलाले क्लवमा फुटबल प्रशिक्षण लिईरहेका प्रशिक्षार्थी र सो क्षेत्रमा रहेका विद्यालयका खेल शिक्षकहरुलाई खेलबारे प्रशिक्षण गराउनुभएको हो ।

प्रशिक्षक साउखलाले खेलका लागि आवश्यक शारिरीक व्यायम, पोषण तथा स्वास्थ्य अवस्थाकाबारेमा जानकारी दिनुभएको थियो । उहाँ सोलुदुधकुण्ड युथ क्लवको आमन्त्रणमा सल्लेरी आउनुभएको हो ।

साथै, प्रशिक्षक साउखलाको टिमले सल्लेरीमा फुटबल प्रशिक्षण लिइरहेका बालबालिकाहरुलाई फुटबल जर्सी, फुटबल र फुटबल जुत्ता वितरण गर्ने कार्यक्रम रहेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु