नगरपालिकाद्धारा कृषकलाई बोयर बोका वितरण

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुदुधकुण्ड नगरपालिकाले कृषकलाई उन्नत जातको बोयर बोका वितरण गरेको छ । कृषि शाखाको नश्ल सुधार तथा उत्पादन बृद्धि कार्यक्रम अन्तरगत नगरपालिकाले ११ वटै वडाका छनौटमा परेको एक एक वटा कृषि फामलाई एक वटाका दरले बोयर बोका वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले जानकारी दिनुभयो ।

नगरपालिकाको आर्थिक वर्ष २०७९–८० बजेट तथा कार्यक्रम अनुसार नगरपालिको ८० प्रतिसत तथा कृषकको २० प्रतिसत लागत साझेदारिमा बोका खरिद गरि वितरण गरिएको हो । शनिबार नगरपालिकाको प्रङ्गणमा कार्यक्रमको आयोजना गरि नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा र उपप्रमुख गान्धिमाया तामाङले कृषकहरुलाई बोका वितरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहँदै मेयर शेर्पाले कृषकलाई व्यावसायिक बनाई आर्थिक उपार्जनमा टेवा पु¥याउने कार्यक्रमको मुख्य उदेश्यको रहेको बताउनु भयो । साथै उहाँले कार्यक्रमले लिएको उदेश्य अनुरुप काम गर्न पनि अग्रह गर्नु भयो ।

यस्तै, जिल्ला बाख्रा पालन व्यावसायी महासंघ सोलुका अध्यक्ष काजी शेर्पाले बाख्रा पालनमा देखापर्ने समस्या तथा त्यस्को समाधानका बारेमा काउन्सेलिङ दिनुभएको थियो । नगरपालिकाले उन्नत जातको बोयर बोका वितरण गरेपछि कृषकहरुले खुसी हुँदै अव बाख्रा पालन पेशालाई अझै व्यस्थित गरि आर्थिक उपार्जनसँग जोड्ने बताएका थिए ।


शेयर गर्नुहोस्

अन्य खबरहरु